sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्ज प्रमुखहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।