एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा
काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा आज विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय सातदोबाटोस्थित मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सुपर स्टेज सुरु हुनुअघिदेखि नै बहुप्र्रतिक्षित रुपमा लिइए पनि यो खेल प्रतियोगिता यात्रामा दुुवै टोलीका लागि औपचारिकता मात्र हुनेछ । किनभने यो खेलको नतिजाले अंकतालिकामा कुनै पनि फरक पार्नेछैन । दुबैले प्लेअफमा स्थान बनाइसकेका छन् ।
पछिल्ला ६ खेलमा स्पष्ट १८ अंक जोडेको एपिएफले क्वालिफायर १ मा स्थान बनाइसकेको छ । पुलिसले पनि इलिमिनेटर खेल्ने पक्का भइसकेको छ ।
सुपर स्टेजको पहिलो लिगमा पुलिसले ६–० को फराकिलो हार बेहोरेको थियो ।

.gif)