sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे छ । 

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

नेपालको समूह चरणको अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्