sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । 

आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । 

उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् । 

यो पनि पढ्नुहोस्