sevenstartv.com ४ पुष २०८२, शुक्रवार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट लुम्बिनीमा हुने

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ ।

क्यानले  प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जानकारी दिएको छ ।  

क्यानले माघ ७ गतेदेखि २८ गतेसम्म जिल्ला छनोट र फागुन ३ देखि १८ गतेसम्म प्रादेशिक प्रतियोगिता गरिसक्नुपर्ने कुरा उल्लेख गरेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्