काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना : करिब एक दर्जन यात्रु घाइते
काठमाडौं । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन ।
आज बिहान ६: २० बजे शिवसताक्षी -१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भइ सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
घाइतेहरु निम्न रहेका छन् ।
१) मोरङ बिराटनगर – ३ बस्ने बर्ष ५४ का गुणा कोइराला (टाउको र दुवै हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य)
२) ऐ.ऐ. बस्ने बर्ष ३४ की दिपा निरौला (सामान्य)
३) ऐ.ऐ. बस्ने बर्ष १७ की म्यारी निरौला (सामान्य)
४) ऐ.ऐ. बस्ने बर्ष ३८ की निर्मला निरौला (सामान्य)
५) ऐ.ऐ. ४ बस्ने बर्ष ५९ की शर्मिला कोइराला (ढाडमा चोट, अवस्था बोल्न सक्ने, सामान्य)
६) झापा शिवसताक्षी–८ झिलझिले बस्ने बर्ष ३२ का टंक शिवाकोटी (सामान्य)
७) ऐ.ऐ.बस्ने बर्ष ३० की आन्सा फियादेन (सामान्य)
८) ऐ.ऐ बस्ने बर्ष २१ की सुमना लिम्बू (सामान्य)
९) बिर्तामोड –६ बस्ने बर्ष ५१ का पुष्पलाल अधिकारी (टाउको र दाहिने पाखुरामा चोट अवस्था बोल्न सक्ने, सामान्य)
१०) ऐ.ऐ. बस्ने बर्ष ४९ की चन्द्रकला अधिकारी (टाउकोमा र कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य)
११) कमल –६ बस्ने बर्ष ४० का शान्तिराम खतिवडा (दुवै हातमा चोट, सामान्य)।
बस चालक मेचीनगर-१० धुलाबारी बस्ने बर्ष ५४ का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।

.gif)