sevenstartv.com ७ पुष २०८२, सोमवार

कुलमान घिसिङले पेस गरे कार्यसम्पादन मूल्यांकन

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन विवरण बुझाएका छन् । ऊर्जा मन्त्रालयल कार्यकारी निर्देशक घिसिङलाई पदबाट किन नहटाउने भनेरे स्पष्टीकरण सोधेपछि उहाँले कार्यसम्पादनको विवरण बुझाएका हुन् । 

कार्यकारी निर्देशक घिसिङले गएको आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण पेश गरे । मन्त्रिपरिषद्को २०७८ साउन २५ गतेको निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ गते प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयबाट कार्यकारी घिसिङको कार्यसम्पादन आर्थिक वर्ष ९आव० २०७८/७९ मा ९४ दशमलव २३ र २०७९/८० मा ९८ दशमलव ९४ प्रतिशत अङ्क प्राप्त भएको थियो । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ । प्राधिकरणले गएको आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

आव २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै नाफाको इतिहास शुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ । पछिल्लो समय सरकार र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी विवादका विषयमा मतभेद रहँदै आएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्