काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका-६ का किसानले यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।
यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको हो । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको बताइएको छ ।
गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो।

.gif)