sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

विद्युत नियमन आयोगको अनलाइन ‘डिएमएस’ सञ्चालन, उर्जाको विकाका लागि अलमलिने छुट कसैलाई नभएको मन्त्री खड्काको भनाइ

२४ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । विद्युत नियमन आयोगले सेवाग्राहीका लागि लागि प्रवाह गर्दै आएको सेवालाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ । 

बुधबार आयोगमा आयोजित कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । डिएमएस प्रणालीले आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जवाफदेही बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । 

मन्त्री खड्काले नियमन आयोगले विद्युत क्षेत्रसँग सम्बन्धित नियमन दायरा ठूलो भएको उल्लेख गर्दै त्यस दायरालाई कार्यान्वयन गर्न सक्नुपर्ने बताए । उनले उर्जा क्षेत्रको विकासका लागि अल्मलिने छुट कसैलाई नभएको बताएका छन् । उनले सरकारले लिएका लक्ष्य पूरा गर्न आफूलाई परिमार्जित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

यो पनि पढ्नुहोस्