इन्डो-नेपाल रनिङ शिल्ड भलिबलमा आज तीन खेल हुँदै
काठमाडौं । बुटवलमा हिजोदेखि सुरु भएको इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन खेल हुने भएका छन् । पहिलो खेल बिहान १० बजे त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ ।
दिउँसो १२ बजे रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम खेल दिउँसो २ बजे एपीएफ क्लब र गल्कोट भलिबल क्लबबीच खेल हुनेछ ।
यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । पुलिसले शनिवार मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ। मदन भण्डारी एकेडेमी भोलि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग खेल्ने छ ।
यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टोलीले सात लाख, दोस्रो हुने टोलीले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार सान्त्वना स्थान प्राप्त गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

.gif)