sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'ओलीले सदस्यता नै खाइदिएपछि बाध्य भएँ'

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेता भीम रावलले केपी ओलीले आफ्नो नेकपा एमालेको सदस्यता खोसेर खाइदिएपछि आफू नयाँ बाटो मोड्न बाध्य भएको बताएका छन् ।

एमालेले पार्टी सदस्यता खोसेपछि आफ्नो राजनीतिक यात्रा र थप समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ओलीलाई यस्तो आरोप लगाएका हुन् ।

रावलले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’ 

साथै नेता रावलले केपी ओली सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको आरोप लगाए ।