sevenstartv.com १६ असार २०८३, मङ्गलवार

भीम रावलले पत्रकार सम्मेलन गर्दै

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।  उनले काठमाडौंको कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी आगामी राजनीतिक योजनाबारे जानकारी गराउन लागेका हुन् ।

एमालेले पार्टीबाट निष्काशन गरेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले आज पत्रकार सम्मेलनमार्फत नयाँ दल खोल्ने चर्चा भइरहेको छ । उनले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने पनि बताइएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलमाथि पार्टीविरोधी काममा संलग्न भएको भन्दै एमालेले पुस १० गतेको सचिवालय बैठकले कारबाही गरेको थियो । रावलले सामाजिक सञ्जालमार्फत परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि संचारकर्मी, शुभेच्छुक तथा जिज्ञासुहरुलाई आमन्त्रण गरेका छन् ।