चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । चार संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिको बैठक बिहान ११ नै बस्ने छ । बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले गत भदौमा मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११ बजे नै बस्नेछ ।
दिउँसो सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसँग छलफल हुने संसद् सचिवालियले जनाएको छ।








