प्रधानमन्त्रीले पाँच वर्ष नै सरकार चलाउने गरी संविधान संशोधन गर्नुपर्ने कांग्रेस महामन्त्री शर्माको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसमा काठमाडौंमा आज भएको कार्यक्रममा उहाँले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताएका हुन् । महामन्त्री शर्माले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए ।
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको महामन्त्री शर्माले संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने उल्लेख गरे । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।








