नेप्से परिसूचक ३३.०८ अंकले घट्याे
काठमाडौं । सेयर बजार नेप्से परिसूचक मंगलबार २६ सयमुनि झरेको छ । अघिल्लो कारोबारका दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भएको छ । जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् ।
अन्य समूह जम्मा ०.०६ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १।४१, निर्जीवन बीमा ०।९५ र व्यापार २।९७ प्रतिशत घटे । कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

.gif)