ओली देशकै जाली, झेली, कपटी र बेइमान हुन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भएको बताएका छन् ।
सोमबार झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । यसअघि पटक-पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।
‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’








