फाल्गुनन्द गोल्डकपको फाइनल आज
काठमाडौं । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज ए डिभिजन लिग लिडर चर्च ब्वाईज युनाईटेड र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल फिदिम माविको खेल मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोली ११औँ संस्करणको उपाधि जित्ने लक्ष्यमा छन् । हिजो भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका थिए ।
फाल्गुनन्द गोल्डकपको उपाधि विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

.gif)