sevenstartv.com ७ पुष २०८२, सोमवार

नेप्से परिसूचक २१ अंकले घट्याे

१४ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २१ अंकले घटेको छ । २६३२ बिन्दुबाट सुरु भएको बजार आजको उच्च अंक २६४२ बिन्दुसम्म उक्लिएको थियो । त्यसपछि ओरालो लागेको बजार २६०९.५८ बिन्दुमा आएर रोकिएको हो । 


आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा कुल ५ अर्ब ४७ करोड ४८ लाख मूल्यको कारोबार भयो । आइतबार ६९ कम्पनीको मूल्य बढेको छ । जसमा माहुली लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । बाँकी कम्पनीको मूल्य सामान्य रूपमा बढेको छ । 

आइतबार १७२ कम्पनीको मूल्य घट्यो । जसमध्ये सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स उपसमूहका कम्पनीको मूल्य घटेको छ । समग्रमा यो उपसमूहको सूचक ४.४७ प्रतिशतले ओरालो लाग्यो । विकास बैंक उपसमूहको सूचक २.६५ प्रतिशतले झरेको छ । लघुवित्त उपसमूहको सूचक भने १.१२ प्रतिशतले बढ्यो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्