sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सरकारले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक पासमा ढिलाइ गर्न खोजेको माओवादीको आरोप

१२ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु मात्रै आउने र मन्त्री नआउने गरेको गुनासो गरेका हुन् । 

यसले मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरुलाई बोल्न लगाउने मात्रै गरेको बताउदै उनले सरकारको आधिकारिक धारणा आउनुपर्ने माग गरे । सङ्घीय निजामती विधेयक नआउँदा प्रदेश र स्थानीय तहमा समस्या आइरहेको बताएका छन् ।