sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संसदीय सुनुवाई समितिको कार्यविधि पारित

१२ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

 बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि नेपाली राजदुतमा प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्नेबारे सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रश्ताव राख्नुभएको थियो । प्रश्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । 

मंसिर ६ गतेकोे मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदुतमा  नियुक्तिका लागि सिफारिस गरेको थियो ।