'मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउछ'
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउने बताएका छन् ।
शुक्रबार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताएका हुन् । मेला महोत्सवहरुले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ ।
उनले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने बताएका छन् ।








