sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुई संसदीय समितिको बैठक बस्दै

१२ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे बस्ने छ । 

बैठकमा स‌ंघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यसँग छलफल हुनेछ ।