sevenstartv.com ७ पुष २०८२, सोमवार

नेप्से परिसूचक ४.१९ अंकले बढ्याे

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ ।  शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार छ सय ३० दशमलव ७१ विन्दुमा पुगेको छ । 

आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर राताम्मे देखिएको छ । आज आत्मनिर्भर लघुवित्त र सपोर्ट रघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

समग्रमा बजार बढेको दिन आज नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, जोशी हाइड्रोपावर र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । आज दुई करोड नौ लाख ७८ हजार कित्ता शेयर चार अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्