sevenstartv.com १६ असार २०८३, मङ्गलवार

५ संसदीय समितिको बैठक बस्दै

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । ५ संसदीय समितिको बैठक आज बस्ने भएको छ । अर्थ समितिको बैठक बिहान ११ बजे  बस्दैछ । बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । 

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । बिहान ११ नै बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बस्ने छ ।  बैठकमा लुम्बिनी क्षेत्र विकास कोष, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रमा समितिको गरेको स्थलगत अनुगमनको क्रममा देखिएका समस्या र समाधानका विषयमा छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने छ ।  बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्यरप्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ । दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ ।  बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धमा छलफल हुनेछ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्