भेडेटारमा तीनदिने फुड फेस्टिवल हुँदै
काठमाडौं । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने ‘१२ औँ भेडेटार फुड फेस्टिवल’ हुने भएको छ । होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
२०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण २०७७ सालमा सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फेस्टिवल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ ।
फेष्टिबल प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार, भेडेटार आमा समुहको सह आयोजना तथा धनकुटाको साँगुरीगढी, छथर जोरपाटी, चौविसे र सहिदभुमि गाउँपालिका तथा धनकुटा, महालक्ष्मी, पाख्रिबास नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सहयोगमा हुन लागेको हो। फेस्टिवलमा ३१ लाख ५० हजार रुपैँया बराबरको खर्च हुने आयोजकको अनुमान छ ।

.gif)