आइसीसी च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक
काठमाडौं । आइसिसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ ।
हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ देखि मार्च ९ सम्म हुने छ । प्रतियोगितामा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे पनि राखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमामा आयोजक पाकिस्तान र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल कराचीमा हुनेछ ।
यसैगरी भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबइमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबइमा खेल्नेछ । सेमिफाइनल पनि दुबईमै हुनेछ । यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ । १० खेल भने पाकिस्तानमा हुनेछन् ।
समुह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्याण्ड , दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।


.gif)