ललित स्मृति एन्फा यू-१८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं । ललित स्मृति एन्फा अन्डर-१८ युथ लिगको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
लिगमा अन्तिम चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको एनआरटीभन्दा सात अंक बढी रहेकाले पुलिस च्यम्पियन बनेको हो । मंगलबार सम्पन्न खेलमा चर्च बोइजलाई २-१ गोलले पराजित गर्दै पुलिस एक खेल अगावै च्याम्यियन बनेको हो ।
प्रतियोगितामा पुलिसले शानदार सुरुवात गरेको थियो । पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ । पुलिसले लिगको अन्तिम खेल एनआरटीसँग खेल्ने छ । एनआरटीले ४१ र संकटाले ३९ अंक जोडेका छन्।

.gif)