पेरिस ओलम्पिक : महिला म्याराथनमा सन्तोषी ७९ औं स्थानमा
काठमाडौं । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छन् ।
फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् ।
महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । नेपालकी म्याराथन धाविका श्रेष्ठले पेरिस ओलम्पिकमा म्याराथनको रुट केही कठिन भएकाले सोचेअनुरुप प्रदर्शन गर्न कठिन बताएको बताएकी छन् । म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएपनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताइन् ।
आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उनले उल्लेख गरिन् । सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको बताइन् ।

.gif)