ललित स्मृति एन्फा यु-१८ युथ लिग : नेपाल पुलिस क्लबसँग चर्च बोइज पराजित
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा चर्च बोइजलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले चर्च बोइजलाई २-१ गोलले हराएको हो ।
जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ । पुलिसले लिगको अन्तिम खेल एनआरटीसँग खेल्नेछ । एनआरटीले ४१ र संकटाले ३९ अंक जोडेका छन् ।
पुलिसले विक्रम गौतमको गोलमार्फत २८ सकेन्डमै सुरूआती लिएको थियो । ४३ औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा निमा पाख्रिले गोल गरेपनि चर्च बोइजलाई पर्याप्त बनेन ।

.gif)