sevenstartv.com ७ पुष २०८२, सोमवार

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा जुट्यो झण्डै ७३ अर्ब लगानी

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवं बिस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुटेको छ । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार बिस्तारका लागि प्रसारण र वितरण प्रणाली बिस्तार, सुधार एवं आधुनिकीकरण गर्न ७२ अर्ब ९३ लाख रुपैयाँ अर्थात् ५३ करोड ७० लाख अमेरिकी डलरको लगानी जुटेको हो । 

विद्युत् प्रसारण र वितरण प्रणाली बिस्तार एवं सुधारका लागि एशियाली विकास बैंक (एडीबी)ले ३१ करोड १० लाख डलर अर्थात् ४२ अर्ब २४ करोड रुपैयाँ सहुलितपूर्ण ऋण र तीन करोड डलर अर्थात् चार अर्ब सात करोड रुपैयाँ अनुदान उपलब्ध गराउने छ । युरोपेली युनियनले दुई करोड २६ लाख डलर अर्थात् तीन अर्ब छ करोड रुपैयाँ र नर्वे सरकारले तीन करोड १० लाख डलर अर्थात् चार अर्ब २१ करोड रुपैयाँ अनुदान दिनेछन् । 

यसैगरी रणनीतिक जलवायु कोषमार्फत एक करोड डलर अर्थात् एक अर्ब ३५ करोड रुपैयाँ सहायता प्राप्त हुनेछ । आयोजना कार्यान्वयन गर्न आवश्यक १७ अर्ब ९८ करोड रुपैयाँ नेपाल सरकारले बेहोर्ने छ । यसै सन्दर्भमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विकास साझेदारबाट प्राप्त स्रोत परिचालन गरी मुख्य रुपमा देशभित्रको विद्युत् आपूर्ति प्रणाली सुधार एवं बिस्तार, क्षेत्रीय÷उपक्षेत्रीय विद्युत् व्यापारलाई भरपर्दो बनाउन मेरुदण्डका रूपमा आवश्यक पूर्वाधार संरचना निर्माण र वितरण प्रणाली डिजिटलाइसेन गरिने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्