sevenstartv.com ७ पुष २०८२, सोमवार

बागलुङ ट्राफिकद्वारा ५ महिनामा झण्डै ५६ लाख राजस्व संकलन

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा झन्डै ५६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
प्रहरीका अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा कुल ५५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

उनका अनुसार साउनमा आठ लाख ४१ हजार, भदौमा नौ लाख ६६ हजार, असोजमा नौ लाख ५८ हजार, कार्तिकमा १४ लाख सात हजार र मङ्सिरमा १४ लाख २७ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ । पाँच महिनाको अवधिमा चार सय ४३ वटा ट्रक तथा टिप्परलाई गरिएको कारबाहीबाट तीन लाख ४० हजार पाँच सय, तीन सय ६५ वटा बसबाट दुई लाख ८६ हजार पाँच सय, दुई हजार आठ सय ६३ वटा कार तथा जिपबाट २३ लाख २१ हजार रुपैयाँ सङ्कलन भएको छ ।

तीन सय ९१ वटा ट्र्याकटरलाई कारबाही गर्दा दुई लाख ७२ हजार, दुई हजार छ सय ३८ वटा मोटरसाइकल तथा स्कुटरमाथि गरिएको कारबाहीबाट २३ लाख २७ हजार तथा ६९ वटा अन्य सवारीहरूमाथि गरिएको कारबाहीबाट ५१ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।  पाँच महिनाको अवधिमा जिल्लामा भएको विभिन्न दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्