नेप्से परिसूचक १३.५३ अंकले घट्याे
काठमाडौं । सेयर बजार घट्ने श्रृंखलाले आइतबार पनि निरन्तरता पाएको छ । साताको कारोबारको पहिलो दिन सेयर बजार नेप्से सूचक १३.५३ विन्दुले घटेर २५८३.२९ अंकमा आएको छ ।
४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहका सूचकमात्र बढेका छन् । बजार घटे पनि यस दिन ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सूचकका साथमा कारोबार रकम पनि थप प्रभावित भएको छ ।
यस दिन ३१९ कम्पनीको ९१ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिभर फल्स पावर लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र पिपुल्स पावर परेका छन् ।

.gif)