sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सार्वजनिक लेखा समितिको बैठक सोमबार बस्ने

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सोमबारका लागि बोलाइएको छ । सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । 

समितिको पछिल्लो बैठक भदौ ९ मा बसेको थियो । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा चर्काचर्की परेको थियो । समिति सभापति ऋषिकेश पोखरेल घिसिङलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएको भन्दै सांसदहरूले विरोध गरेका थिए ।

त्यसयता बैठक बस्न सकेको थिएन । एक समिति सदस्यका अनुसार लामो समय बैठक नबसेको भन्दै विरोध भएपछि सोमबारका लागि बैठक बोलाइएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्