sevenstartv.com १५ असार २०८३, सोमवार

प्रधानमन्त्री ओलीले भने- उत्पादन र रोजगारी बढाउन ध्यान दिनूस्

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

आज सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिएका हुन् । 

'अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ। भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ।  मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधार छन्', प्रधानमन्त्री ओलीले भने,'यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ। सबै मिलेर नागरिकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ।'

उनले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थरतरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ राख्न खाना स्वस्थ हुनुपर्ने भन्दै अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ आयातरनिर्यातमा रोक लगाउने व्यवस्था गर्न सुझाव दिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्