एसीसी यू-१९ महिला टि-२० को उपाधि भारतलाई, बंगलादेश ४१ रनले पराजित
काठमाडौं । यू-१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ । भारतले बंगलादेशलाई ४१ रनले हराउँदै उपाधि जितेको हो ।
मलेसियाको क्वालालाम्पुरमा भएको फाइनल खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । भारतका लागि सबैभन्दा धेरै गोङ्गाडी त्रिशाले ५२ रन बनाइन् ।
बंगलादेशको तर्फबाट फरजाना एसमीनले सबैभन्दा धेरै ४ विकेट लिइन् । ११८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशको टोली १८।३ ओभरमा ७६ रन बनाएर अलआउट भयो । बंगलादेशका नौ ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
सबैभन्दा धेरै २२ रन जौरिया फिरदौसले बनाइन् । भारतको तर्फबाट आयुषी शुक्लाले तीन विकेट लिइन् । परुनिका सिसोदिया र सोनम यादवले समान २–२ विकेट लिए भने भीजे जोशिथाको नाममा एक विकेट रह्यो । प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर–फोर’ बाट बाहिरिएको थियो ।

.gif)