एमालेले बाेलायाे केन्द्रीय सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी पुस १० गते ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।
उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल गरिने छ ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।








