sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आज चार संसदीय समितिको बैठक बस्दै

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ । 

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरूसँग छलफल हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्