sevenstartv.com १७ असार २०८३, बुधवार

एनपीएल फाइनलः शतकीय साझेदारी गरेर आउट भए सुदूरपश्चिमका ओपनर

६ पुष २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दुवै ओपनर गुमाएको छ ।

ओपनर सैफ अलि जैव र विनोद भण्डारीले शतकीय साझेदारी गर्दै आउट भएका छन् । उनीहरुले पहिलो विकेटकमा लागि ११७ रनको साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए ।

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिएका छन् । १३ ओभरको खेल सकिँदा सुदूरपश्चिमले २ विकेट गुमाएर १२० रन बनाएको छ ।

 

यो पनि पढ्नुहोस्