नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी नियुक्त
काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् ।
नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेशागत जीवन सुरु गरेका भएका डा.लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेका थिए । पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारी बहन गरेका छन् ।
डा. लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित भएका छन् । विकास, वातावरण र व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा एक प्रवुद्ध व्यक्तित्वको रूपमा परिचित डा. लोहनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भएका छन् ।








