'अहिलेको न्यायपालिका पारदर्शी छ'
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताएका हुन् ।
उनले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गरे । निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्नेमा जोडदिएका छन् । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।








