श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा प्रवेश
काठमाडौं । भारत एसीसी अन्डर नाइन्टिन महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
मलेसियाको बायुमास क्रिकेट ओभल, क्वालालम्पुरमा आज विहान भएको पहिलो खेलमा श्रीलंकाले दिएको ९८ रनको लक्ष्य १४ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उपाधिका लागि अब भारतले आजै हुने नेपाल र बंगलादेशबीचको विजेतासँग आइतबार खेल्नेछ। खेल नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।
हिजो नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको थियो। वर्षाले खेल रद्द भएपछि दुवै टिमले एक-एक अंक बाँडेका थिए। बिहीबार नै सम्पन्न खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो। फाइनलमा पुग्न नेपाल र बंगलादेश दुबैलाई आजको खेल जित्नैपर्ने अवस्था छ ।
नेपालले आज बंगलादेशलाई पराजित गरेमा फाइनलमा पुग्नेछ। नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । भारत र पाकिस्तान सम्मिलित समूहमा रहेको नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो। भारतसँगको खेल भने वर्षाका कारण प्रभावित हुँदा विना नतिजा रद्द भएको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले शानदार अलराउन्ड प्रदर्शन गर्दै आएकी छन् । प्रतियोगिताभर कुल ७२ रन बनाएकी पूजा सर्वाधिक रन स्कोर गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले ३ विकेट समेत हात पारेकी छन् ।

.gif)