श्रीलंकाविरुद्ध फिल्डिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यू-१९ वुमन्स एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियामा श्रीलंकाविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि मलेसियाको बायुमास ओभलमा भइरहेको हो । मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ । यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए ।
नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्काविरुद्ध खेल्न लागेको हो। नेपालले भोलि बंगलादेशसँग खेल्नेछ । बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो। उसको चार अंक रहेको छ। बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ। उसको चार अंक रहेको छ। र, सुपर फोरको अंक तालिकाको शिर्ष स्थानमा छ ।
दोस्रो स्थानमा भारत रहेको छ। तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ। यो अंक सुपर फोरमा पनि जोडिने छ र शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोली बाहिरिने छन्। फाइनल खेल आइतबार हुनेछ ।

.gif)