sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पाँच संसदीय समितिको बैठक बस्दै

४ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज पाँच संसदीय समितिको बैठक बस्ने भएको छ । 

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलन सम्बन्धी महासन्धी ९सिडअ०को आधारभूत सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि ११ बजे नै बस्नेछ । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने कार्यसूची छ । 

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ। यी दुवै समितिको बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्