जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्ससँग जनकपुर बोल्ट्स ८ विकेटले पराजित भएको छ । विनोद भण्डारी र कप्तान दिपेन्द्रस्हि ऐरी क्रमश ५८ र २० रनमा अविजित रहँदै १८.३ ओभरमा १४१ रन बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन् ।
सुदूरका लागि सैफ जेवले ३२, ब्राण्डन म्याकमुलेन २५ रन बनाएर आउट भए । जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक विकेट लिए । टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाए । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन, सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए ।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ। जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम सोझै फाइनलमा पुगेको छ भने जनकपुर अब कर्णाली याक्ससँग पुन खेलेर फाइनल प्रवेशका लागि कसरत गर्नुपर्ने देखिएको छ।

.gif)