sevenstartv.com ४ पुष २०८२, शुक्रवार

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

३ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका लागि तीन विदेशी खेलाडी चल्दा १७६  रनको लक्ष्य दिएको छ । टस हारेर कर्णालीले ६ विकेट गुमाएर  १७५ रन बनायो ।

कर्णालीका लागि जयकिशन कोल्सावाला ५३, विलियम बसिस्टो ५२, जिसन मक्सुद १४, देव खनाल ३ बलमा रन आउट भए भने गुलशन झा र रित गौतम शून्य आउट भए ।  वाल्टन चाडविकट ४६ रनमा नटआउट रहे । चितवनका लागि सोहेल तान्विरले दुई, कप्तान कुशल मल्ल, रवि बोपराले समान एक विकेट लिए । 

दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका हुन्। लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो। कर्णालीले पनि सुरूआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो।

लिग चरणमा चितवनविरुद्ध कर्णाली विजयी भएको थियो। चितवन सो हारको बदला लिने योजनामा हुनेछ भने कर्णाली सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ । यो एलिमिनेटर खेल भएकाले पराजित हुने टोली आज प्रतियोगिताबाट बाहिरिने छ ।

विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्न टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्