sevenstartv.com ७ पुष २०८२, सोमवार

बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । 

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गरेका हुन् । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताए । 

अर्थमन्त्री पौडेलले राजश्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत मात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको बताएका छन् ।  । उनले अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएकाले पुँजीगत खर्च पनि केही मात्रामा बढेको उल्लेख गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्