अर्थसमितिको बैठक मंगलबार बस्ने
काठमाडौं । सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।
बैठकमा सत्ता पक्षीय सांसद्हरूको उपस्थिति न्यून रहेको र कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।








