sevenstartv.com ४ पुष २०८२, शुक्रवार

खेल नसकिँदै 'प्लेअफ'मा कर्णाली, काठमाडाैं बाहिरियो

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमाडौैं गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।

अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमाडौं गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो ।

यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ । अन्य नतिजा आएपनि कर्णाली शीर्ष दुईमा पुग्ने छैन ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्