sevenstartv.com १७ असार २०८३, बुधवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेताहरूले धारणा राख्ने

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौै । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ । 

बैठकमा नेताहरूले आफ्ना-आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।