sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएल : सुदुरपश्चिमले पोखरालाई दियाे १५४ रनको लक्ष्य

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा गरेको सुदुरपश्चिमले ७ विकेट गुमाएर १५३ रन बनायो ।

सुदुरका लागि ब्राण्डन म्याकमुलेन २३, कप्तान दिपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हर्मित सिंह १३, इसान पाण्डे १०, सैफ जेव ९, स्कट कुग्गेलिज्जेन २ रन बनाए भने आरिफ शेख ४२ रन र नरेश बुढायर ६ रनको अविजित पारी खेले ।

पोखराका लागि कप्तान कुशल भुर्तेल दुई, सागर ढकाल, माइकल लिस्क र रेमन रेफरले समान एकएक विकेट लिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्